चलचित्र  ‘शिवांश’ आगामी कात्तिक २७ गतेबाट प्रदर्शनमा आउने

चलचित्र  ‘शिवांश’ आगामी कात्तिक २७ गतेबाट प्रदर्शनमा आउने

चलचित्र  ‘शिवांश’ आगामी कात्तिक २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले चलचित्र   को एक पोस्टर  गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हो।  ‘शिवांश’ लाई सन्तोष कुमार आत्रेयले निर्देशन गरेका हुन् भने चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका रहेको छ भने विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौला लगायतले पनि अभिनय गरेका छन् ।

सार्वजनिक पोस्टरमा कैलाश पर्वततर्फ जाँदै गरेका महादेव (शिव) र साँढेको प्रतीकात्मक तस्वीर देखिन्छ । यसले धार्मिक कथावस्तुमा चलचित्र  बनेको संकेत गर्छ । 

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रको कथा निर्माता अञ्जान केसीले लेखेका हुन् । पटकथा बारत लिम्बूको छ । यसमा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । शम्भू थापा कार्यकारी निर्माता रहेको चलचित्रको सह–निर्माताहरू शोभा भण्डारी र अनिस केसी बोगटी हुन् । 

चलचित्र  ‘शिवांश’ मा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी तथा विराज खड्काको भीएफएक्स रहेको छ ।